फिल्म ‘डाँडाको वरपिपल’को छायाँकन सुरु भएको छ । सोमबारदेखि धादिङको धार्केबाट फिल्मको छायाँकन सुरु भएको निर्देशक शोभित बस्नेतले बताए ।‘मंगलबार पनि पुरै दिन धार्केमै सुटिङ हुनेछ’ बस्नेतले भने, ‘बुधबारबाट हामी चित्लाङ लाग्नेछौ ।’ ६० दिनको छायांकन सेड्युल सहित फ्लोरमा निस्किएको फिल्मको चित्लाङ पछि काठमाडाैं उपत्यकामा छायाँकन हुनेछ ।बस्नेत निर्देशित यो ३१ औँ फिल्म हो । फिल्ममा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्न