‘क्राइम पेट्रोल’ मार्फत सानो पर्दामा फर्किँदै दीपक

चर्चित कलाकार दीपकराज गिरी फेरि सानो पर्दामा फर्किँदैछन् । उनी ‘क्राइम पेट्रोल नेपाल’ नाम टेलिभिजन कार्यक्रममार्फत सानो पर्दामा देखिने भएका हुन् । कलाकार गिरीले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै अब केही दिनमा ‘क्राइम पेट्रोल नेपाल’ कार्यक्रम लिएर आउने जानकारी दिएका छन् ।दीपकको कार्यक्रम सञ्चारकर्मी रवि लामिछानेको टेलिभिजन च्यानल ‘ग्यालेक्सी फोरके’ मार्फत आउन लागेको हो । भारतीय टिभी सोनीबाट लामो समयदेखि प्रसारण हुँदै आएको अपराध र त्यसको अनुसन्धानको विषयमा