गाउँपालिका अध्यक्ष पुनले तलबबापत पाएको २० लाख रुपैयाँ सामाजिक क्षेत्रमा खर्च

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा सुविधाबापत पाएको २० लाख रुपैयाँभन्दा बढी रकम सामाजिक काममा खर्च गरेका छन् । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णता दिन सुविधाबापत पाएको रकम खर्च गरेका हुन् । सेवा सुविधालाई छुट्टै बैंक खातामा जम्मा गरेर करीब ५ वर्षको अवधिमा २० लाख रुपैयाँ सामाजिक क्षेत्रमा खर्च गरेको भारतीय सेनाका सेवानिवृत्त क्याप्टेन समेत रहेका अध्यक्ष पुनले बताए । &lsqu...