सिंहदरबार र बालुवाटारको साँचो अहिले नेपाली काँग्रेसका हातमा छ । तर, सानेपास्थित काँग्रेस मुख्यालयको दृश्य भने सत्तारुढ दलको कार्यालयजस्तो नभएर आन्दोलनकारीको अखडाजस्तै बनेको छ । बुधबार रातोपाटीको टिम नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा पुग्दा त्यहाँ रमिता देखियो ।क्रियाशील सदस्यतासम्बन्धी विवादका कारण केही दिनयता काँग्रेस कार्यकर्ताहरु केन्द्रीय कार्यालयमा अनशन बस्दै आएका थिए । अनशनमा पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवसमेत सहभागी थिए । मंगलबार मात्रै काँग्रेस नेता