स्मार्ट चोइस टेच्नोलोजीस लिमिटेड (एससिटी) ले आउँदै गरेको तीजलाई लक्षित गरी दर खाने दिनमा एक अफर लिएर आएको छ । अफर अन्तर्गत स्मार्ट क्युआर मार्फत जुनसुकै मर्चेन्टलार्ई भुक्तानी गर्दा १०% (रु १०० सम्म ) तत्काल छुट प्राप्त गर्न सक्नेछन् ।यस्तै एससिटी– यूपीआइ डेबिट कार्ड प्रयोगकर्ताले क्यूआर मार्फत भुक्तानी गर्दा १० % ( रु १०० सम्म ) क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना भाद्र १३ गतेका दिन लागु हुने कम्पनीले जनाएको छ।