स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले डेंगु जोखिम बढ्दो क्रममा रहेको भन्दै आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । राज्यमन्त्री केसीले बुधबार अनुरोध पत्र जारी गर्दै डेंगु जोखिमबाट बच्न सतर्कता अपनाउन आग्रह गरेका हुन् । उनले रोगको पहिचान र उपचारमा कमि हुन नदिन स्वास्थ्य मन्त्रालय लागिरहेको बताए ।स्वास्थ्य राज्यमन्त्री केसीले भने, ‘डेंगु संक्रमण देखिएका जिल्लाहरुमा जनप्रतिनिधिहरूसँग छलफल गरेर पालिकाको स्वास्थ्य हेर्ने सबै व्यक्ति र स्वयंसेविकालाई परिचालन गर्ने कार्य भइर