धन बन्न नसकेको वन

जल, जमिन र जडीबुटीका निमित्त प्रसिद्ध मुलुक नेपाल, त्यसै पनि वन नेपालको धन भन्ने भनाइ निकै परिचित हो । नेपालको धन भने तापनि यसबाट सिंगो मुलुकले यथेष्ट फाइदा लिन सकेको छैन । वनजंगल तस्करीको चंगुलमा परेको छ । रातारात वन फँडानी गरी काठ तस्करी गर्नेको सञ्जाल बढ्दै जाँदा सिंगो मुलुकले त्यसको घाटा बेहोर्नुपरेको छ । […]