प्रदेश २ र लुम्बिनी प्रदेशका २२ जना घुमुवा प्रहरी कारवाहीमा, सातै प्रदेशलाई २७ बुँदे निर्देशन

२ नम्बर प्रदेश र लुम्बिनी प्रदेशका २२ जना घुमुवा प्रहरी कारवाहीमा परेका छन् ।  प्रहरी प्रधान कार्यालयले केही समयअगाडि प्रदेश नम्बर २ मा प्रहरी प्रधान कार्यालय अन्तर्गतको विषेश ब्यूरोका एसएसपी टेकप्रसाद राई र प्रहरी प्रधान कार्यालयकै एसएसपी भीम ढकाललाई लुम्बिनी प्रदेशमा सुक्ष्म अनुसन्धानका लागि पठाएको थियो । त्यही अध्ययनको निष्कर्षका आधारमा प्रहरी नायब निरीक्षकदेखि जवानसम्मका सादा पोशाकका प्रहरी (घुमुवा प्रहरी)लाई कारवाही स्वरुप २० कार्य दिन आचरण सुधार तालिम र अनुसन्धान भइरहेको प्रहरी हेडक्वार्टर स्रोतले जानकारी दियो । प्...