मकवानपुर : मनहरी गाउँपालिका–४ की ८ वर्षीया सञ्जु स्याङ्तानको दैनिकी बाख्रा गोठाले भएर बितिरहेको छ। बिहानी खाना खाएर किताब बोकी स्कूल जाने बेला उनी हातमा लौरो बोकेर गोठालो निस्किन्छिन्।कोरोना भाइरसको दोस्रो भेरियन्ट आएपछि परीक्षा हुँदाहुँदै चैतबाट बन्द भएको विद्यालय हालसम्म खुलेको छैन। न त कुनै वैकल्पिक माध्यमबाट उनले पढ्न नै पाएकी छिन्।गतवर्ष पनि कोरोना नियन्त्रण गर्न भन्दै लकडाउन हुँदा परीक्षा नै नदिइ कक्षा १ बाट २ मा गएकी उनी यसवर्ष पनि परीक्षा नदिइकनै २ बाट ३ कक्षामा गइन्। तर,