खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले खानेपानी आयोजनामा जनसहभागिता हटाउनेगरी नीति परिमार्जनको प्रक्रिया अघि बढाएका छन् । मन्त्री यादव र सचिव गजेन्द्र ठाकुरको मिलेमतोमा ठेकेदारलाई फाइदा हुनेगरी ग्रामीण खानेपानी आयोजनामा २० प्रतिशत र सहरी खानेपानीमा ३० प्रतिशत जनसहभागिता हटाउने तयारी भएको हो।