ईपीजी प्रतिवेदन सरकारलाई बुझाउन सुझाव

प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन भारतले बुझ्न नमानेपछि नेपाल सरकारले बुझ्नुपर्ने ईपीजी सदस्य र पूर्वपरराष्ट्रमन्त्रीहरूले सुझाव दिएका छन् । सरकारले पनि बुझ्न नमाने विभिन्न प्रक्रियामार्फत आवश्यक परे संसद्को समेत प्रयोग गरेर जनतालाई ईपीजीबारे जानकारी दिनुपर्ने उनीहरूको निष्कर्ष छ । शुक्रबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले पाटनढोकामा आयोजना गरेको ‘छिमेक सम्बन्ध र ईपीजी प्रतिवेदन, पूर्वपरराष्ट्र मन्त्रीहरू र ईपीजी सदस्यहरूसित संवाद’ कार्यक्रमका वक्ताले भारतले बुझ्न नमाने नेपालका प्रधानमन्त्री वा परराष्ट्रमन्त्रीलाई प्रतिवेदन बुझाउनुपर्ने सुझाव दिएका हुन् ।

सम्बन्धित सामग्री