इथियोपियामा सरकारी सेनाकाे हमलामा ६० जनाकाे मृत्यु

एजेन्सी।उत्तरपूर्वी इथियोपियाको टिग्रे क्षेत्रमा रहेकाे टोगोगा बजारमा सरकारी हवाई फौजले गरेको आक्रमणमा करिब ६० जनाको मृत्यु भएको छ भने दर्जनाैं घाइते भएका छन्।इथियोपियाको सेनाले गैरसैनिकहरूलाई निशाना नबनाएको दाबी गर्दै 'आतङ्कवादी'हरूलाई निष्क्रिय बनाउने उद्देश्य राखेको जनाएको छ।टिग्रेको विद्रोही सेनाले हालैका दिनमा आफूहरूले प्रगति गरिरहेको बताउँदै आएका थिए।इथियोपिया सरकारले त्यसलाई अस्वीकार गरिरहेको थियो।करिब आठ महिनाअघि द्वन्द्व सुरु भएयता हजारौंको मृत्यु भएको छ।