प्रदेशसँगै संघमा पनि छैनन् विभागीय मन्त्री, मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा काम ठप्प

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको डेढ महिनाभन्दा बढी भयो। देउवा एक्लैको काँधमा अहिले १७ मन्त्रालयको जिम्मेवारी छ। एक जना राज्यमन्त्री र ५ जना विभागीय मन्त्री मात्रै सरकारमा उनका सारथी छन्। सत्ता गठबन्धनमा सरकार विस्तारका बिषयमा पटक-पटक छलफल भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। नेकपा (एकीकृत समाजवादी)का…