पर्साको ठोरी गाउँपालिका र स्थानीयबीच विवाद हुँदा करिब १० महिनादेखि सरकारी एम्बुलेन्स थन्किएको छ । ठोरी–४ विजयबस्तीस्थित स्वास्थ्यचौकीमा राखिएको ना१झ ९४५ नम्बरको एम्बुलेन्स सञ्चालन हुन नसकेको हो ।
नेकपा एमाले र नेपाली कांग्रेसका जनप्रतिनिधिबीच चालकका विषयमा कुरा नमिल्दा पाणिनि गाउँपालिकाको दुइटा एम्बुलेन्स विगत पाँच महिनादेखि बेवारिसेजस्तै बनेका छन्। ती एम्बुलेन्सको चालक नियुक्तिका लागि एमाले र कांग्रेसले आ–आफ्नै दाबी गरेसँगै बिरामी बोक्ने एम्बुलेन्स आफैँ थला परेका हुन्। पालिकाको अघिल्लो कार्यकालमा खरिद गरिएका ती एम्बुलेन्सहरू मैदानमा अलपत्र छन्। चालक पुरानै राख्ने वा नयाँ नियुक्त गर्ने विषयमा सहमति नहुँदा सञ्चालनमा समस्या भएको पालिका प्रवक्ता एवं ७ का वडाध्यक्ष गुनाखर अधिकारीले बताउनुभयो।