कर्णालीमा आमसञ्चार प्रतिष्ठान स्थापनाको तयारी

कर्णाली प्रदेश सरकारले लामो समयपछि ऐनमार्फत सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापनाको तयारी गरेको छ ।  आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशसभा सचिवालयमा यससम्बन्धी विधेयकको मस्यौदा दर्ता गराएको छ । गत वर्ष गठनादेशबाट प्रतिष्ठान स्थापनाको तयारी गरे पनि सरोकारवालाको दवाबपछि प्रदेश सरकार पछि हटेको थियो । सरकारले कानून बनाएर सूचना प्रविधि तथा आमसञ्चारको विकास गरी सर्वसाधारणसम्म पहुँच पुर्याउन, आमसञ्चार क्षेत्रका लागि अध्ययन, अनुसन्धान र प्रशिक्षणको व्यवस्था गर्न प्रतिष्ठान स्थ