गत चैत ८ गते तुलसीपुरबाट घोराहीको गोग्लीतर्फ जाँदै गरेको ना६ख ११० नम्बरको तेल बोकेको ट्याङ्कर दुर्घटनामा प-यो । ट्याङ्कर दुर्घटना हुँदा आधा ट्याङ्कर डिजेल पोखिएको थियो । यसैगरी घोराही उपमहानगरपालिका–९ का ३२ वर्षीय गुरीलाल चौधरी घोराही तुलसीपुर सडकको कपासीबगीया नजिक गत माघ महिनामा मोटरसाइकल दुर्घटनामा परे ।तुलसीपुरबाट आइरहेको टिपरलाई साइड दिँदा दुर्घटना भएको चौधरीले बताए। उनको बायाँ हातमा गहिरो चोट लागेकाले तीन महिनाको उपचारपछि उनी निको भए । अहिले पनि सो ठाउँमा आउँदा सोही घटनाको