काठमाडौँ – लेखक जानुका खतिवडाको उपन्यास ‘आतोओडा’ सार्वजनिक भएकाे छ। झापा, गौरादहको सीमान्तकृत सन्थाल जातिको जनजीवनमा आधारित उपन्यास ‘आतोओडा’ शनिबार काठमाडाैँको मण्डला थिएटरमा आख्यानकार नारायण ढकाल, महेशविक्रम शाह, समालोचक विन्दु शर्मा र उपन्यासकी लेखक खतिवडाले संयुक्त रूपमा विमोचन गरेका हुन्। ‘आतोओडा’को अर्थ हुन्छ गाउँ-वस्ती। उपन्यास सन्थाल समुदायको सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक अवस्था र मनोविज्ञानको विभिन्न […]