पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको उपनगर बालेलीमा पोलियो टोलीको सुरक्षा गरिरहेको प्रहरीको गाडीमा आत्मघाती हमला भएको छ । यस हमलामा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।प्रहरी अधिकारीहरूका अनुसार विस्फोटमा परेका बलुचिस्तान कन्स्टेबुलरीका जवानहरू पोलियो ड्युटीमा जाँदै थिए । मिडिया प्रतिनिधिहरूसँग कुरा गर्दै क्वेटा प्रहरीका डीआईजी गुलाम अजफर महेसरले यो आत्मघाती हमला भएको जसमा २० देखि २५ किलोग्राम विस्फोटक पदार्थ प्रयोग गरिएको जानकारी दिए ।उनले बलुचिस्तान कन्स्टेब