नेटो र युरोपेली संघका सहयोगीसँग बैठकपछि अमेरिकी राष्ट्रपति जो बाइडेन शुक्रबार पोल्याण्डको भ्रमण गर्ने ह्वाइट हाउसले घोषणा गरेको छ ।बाइडेन युक्रेनमा जारी युद्धका लागि मानवीय प्रतिक्रियामाथि चर्चा गर्नका लागि वारसामा पोल्याण्डका राष्ट्रपति आन्द्रेजेन्ज डुडासँग भेटघाट गर्नेछन् ।ह्वाइट हाउसले जारी बयानमा भनेको छ, ‘राष्ट्रपति बाइडेनले अमेरिका आफ्ना सहयोगीसँग रुसको हमलाका कारण युक्रेनमा पैदा भएको मानवीय र मानवाधिकार संकटमा कस्तो खालका प्रतिक्रिया दिइरहेका छन् भन्ने विषयमा चर्चा गर्नेछन् ।