मिटर ब्याजीको चंगुलमा पर्दा उठीबास

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा मिटर ब्याजीबाट थुप्रै स्थानीय ठगिएका छन् । गरिब, निरक्षर र सम्बन्धित निकायमा पहुँच नभएका मानिसलाई निशाना गरी मूलधनभन्दा कैयौं गुणा बढी लेख्ने, किर्ते हस्ताक्षर गरी पटकपटक मनपरी मूलधनमा थप्ने, लिएको कर्जाभन्दा कैयौं गुणा बढीको तमसुक बनाउने, मनपरी चर्काे ब्याज असुली गर्ने, दृष्टिबन्धक गराउने नाममा जमिन नै पास गराउने काम मिटरब्याजीले गर्दै आएका […]