काठमाडौँ । पछिल्लो २४ घण्टा भित्र काठमाडौँ उपत्यकामा ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय काठमाडौँमा सबैभन्दा धेरै ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ संक्रमण पुष्टि भएको हो । साथै कास्कीमा ३१६, झापामा १९४, मोरङमा १८९, चितवनमा १८५ र सुनसरीमा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।