२९ लाख ९९ हजार मूल्य बराबरको लागु औषधसहित १५ जना पक्राउ

लागु औषध नियन्त्रण ब्यूरोले अवैध लागु औषध खैरो हेरोइन, गाँजा र नियन्त्रित लागु औषध एम्पुलसहित १५ जनालाई पक्राउ गरेको छ ।  ब्यूरोले मंगलवार पत्रकार सम्मेलन गर्दै भदौ १६ गतेदेखि २० गतेको अवधिसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागु औषध खैरो हिरोइन, लागु औषध गाँजा र नियन्त्रित लागु औषध एम्पुलको कारोबार गर्ने १५ जनालाई पक्राउ गरेको जानकारी दिएको हो । उनीहरुको साथबाट खैरो हेरोइन २८७.५ ग्राम, नियन्त्रित लागु औषध ब्रुपेनोर्फिन, डाईजेपाम र फेनारगन गरेर २५२ एम्पल बरामद गरिएको प्रहरी व