अमेजन क्षेत्रको वन विनाश ६ वर्ष यताकै उच्च

ब्राजिलको अमेजन क्षेत्रको वन विनाश ६ वर्ष यताकै उच्च भएको राष्ट्रिय अन्तरिक्ष एजेन्सी इन्पेले जनाएको छ । जनवरीदेखि जुनको  बीचमा अमेजन क्षेत्रमा करिब ३,९८८ वर्ग किलोमिटर जमिन खाली गरिएको थियो ।गत वर्ष सोही अवधिमा ३ हजार ८८ वर्ग किलोमिटर वन फडानी भएको थियो । वायुमण्डलबाट ठूलो मात्रामा हरित गृह ग्यासहरू सोसेर ग्रहको अक्सिजन र कार्बनडाइअक्साइड चक्रमा अमेजनले महत्वपूर्ण भूमिका खेल्छ ।  वातावरणविदहरू बढ्दो वन फँडानीको दोष ब्राजिलका दक्षिणपन्थी राष्ट्रपति जैर बोल्सोनारोलाई दिन्छन् । उनले यसअघ