माओवादी केन्द्रको गण्डकी प्रदेश अध्यक्षमा गुरुङ

पोखरा । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । प्रदेश समितिको यही मङ्सिर २५ गतेदेखि पोखरामा सुरु भएर आज बिहान सम्पन्न प्रथम अधिवेशनले उहाँका अध्यक्षतामा २०१ सदस्सीय समिति निर्वाचित गरेको हो । अध्यक्षमा चयन हुनुभएका नेत्री गुरुङ माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकसमेत हुनुहुन्छ । […]