भारतसँग मल खरिद गर्न 'जिटुजी' प्रक्रिया अगाडि बढाएको छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले मल अभाव हुन नदिन नेपाल सरकारले भारत सरकारसँग जिटुजीमार्फत रासायनिक मल खरीद प्रक्रिया अगाडि बढाएको बताएका छन् । गठबन्धनले  भैरहवा र ओमसतीयमा गरेको कार्यक्रममा बोल्दै उनले मल अभाव हुन नदिनका लागि जिटुजीमार्फत प्रक्रिया अगाडि बढेको बताएका हुन् । दीर्घकालीन रुपमै मलको अभाव हुन नदिन सरकारले स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्ने योजना समेत अगाडि बढाएको उनले बताए । सत्ता गठबन्धनबाट रुपन्देही क्षेत्र नं ३ को कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन