‘स्पुतनिक भी’ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

काठमाडौं : रुसमा निर्मित कोरोना भाइरसविरुद्धको खोप ‘स्पुतनिक भी’ले नेपालमा आपतकालीन प्रयोगको लागि अनुमति पाएको छ।औषधि व्यवस्था विभागले मंगलबार विज्ञप्ति जारी गर्दै ‘स्पुतनिक भी’लाई आपतकालीन प्रयोगको लागि अनुमति दिइएको हो। नेपालमा यसअघि भारतले निर्माण गरेको कोभिसिल्ड र चीनको भेरोसेल खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको थियो।  अहिले भारतको कोभिसिल्ड र चीनको भेरोसेल खोप लगाइँदै छ। 

सम्बन्धित सामग्री

मोडर्ना र फाइजर खोपले पायो आपतकालीन प्रयोगका लागि अनुमति

औषधि व्यवस्था विभागले कोभिड १९ विरुद्धको मोडर्ना र फाइजर खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। यी दुई खोपलाई बुधबार आपतकालीन प्रयोगको लागि अनुमति दिएको विभागले जनाएको छ।

फाइजरको 'काेभिनाट्री' खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

काठमाडौं : नेपालमा कोरोना विरुद्धको अर्को खोपले पनि आपतकालिन प्रयोगको लागि अनुमति पाएको छ।औषधि व्यवस्था विभागले  कोभिड-१९ विरुद्धको खोप फाइजर बायोएनटेकको 'कोभिनाट्री' खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो। विभागका महानिर्देशक नारायणप्रसाद ढकालले  खोप ल्याएर प्रयोग गर्नका लागि आपतकालीन अनुमति दिइएको बताए ।कोभिडका खोपमध्ये फाइजर खोप धेरै देशमा प्रयोग भइरहेको खोप हो । सबैभन्दा अगाडी आएको र अमेरिकामा समेत यो खोप पहिलो रोजाइमा रहेको देखिन्छ। माइनस ७० डिग्री सेल्सिय

अर्को भारतीय खोपले माग्यो आपतकालीन प्रयोगको अनुमति

एजेन्सी। भारतको अहमदाबादस्थित फर्मा कम्पनी जायडस कैडिलाले बनाएको कोरोना भाइरसविरुद्धको खोप ‘जायकोभ–डी’ को आपतकालीन प्रयोगका लागि भारतको औषधि महानिन्त्रक (डीसीजीआई)सँग अनुमति मागेको छ। यो खोपले अनुमति पाएमा भारतमा जोयकोभ–डीले प्रयोग अनुमति पाएमा कोरोनाविरुद्ध प्रयोग गर्न पाँच वटा खोप हुनेछन्। यसअघि कोभ्याक्सिन, कोभिशिल्ड, स्पुतनिक–भी, मोडेर्नाले आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेका छन्। जायकोभ–डी बच्चाहरुका लागि समेत उपयोगी हुने बताइएको छ।

चिनियाँ खोप सिनोभ्याकलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

कोरोना भारइसविरुद्धको चिनियाँ खोप सिनोभ्याकलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिइएको छ।

सिनोभ्याकको कोरोना भ्याक्सिनलाई पनि आपतकालीन प्रयोग अनुमति

काठमाडौं। नेपाल सरकारले कोभिड–१९ विरुद्ध थप एक चिनियाँ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ। औषधि व्यवस्था विभागको शुक्रबारको बैठकले चीनको सिनोभ्याक लाइफ साइन्स लिमिटेडले विकास गरेको कोभिड–१९ भ्याक्सिन(भेरोसेल कोरोनाभ्याक)लाई आपतकालीन प्रयोगका लागि सशर्त अनुमति प्रदान गर्ने निर्णय गरेको हो। यसअघि चीनको सिनोफार्मले विकास गरेको भेरोसेललाई पनि आपतकालीन अनुमति प्रदान गरिएको थियो।

चिनियाँ खोप 'कोरोनाभ्याक'लाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति

उक्त खोपलाई शुक्रबार आपतकालीन प्रयोगका लागि अनुमति दिइएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए। उक्त खोप १८ वर्ष माथिका व्यक्तिले लगाउन सक्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ।

चीनको सिनोभ्याक खोपलाई पनि डब्ल्यूएचओको आपतकालीन प्रयोगको अनुमति

काठमाण्डाै – चीनले विकास गरेको सिनोभ्याक खोपलाई पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आपतकालीन प्रयोगको अनुमति दिएको छ । चीन, ब्राजिल, चिली, इण्डोनेशिया, मेक्सिको लगायतका देशमा प्रयोग भइरहेको कोरोना विरुद्धको खोप सिनोभ्याकलाई डब्ल्यूएचओले आपतकालीन प्रयोगको अनुमति दिएको बीबीसीले जनाएको छ । चीनले नै विकास गरेको सिनोफार्म खोपले भने यस अघि नै डब्ल्यूएचओबाट आपतकालीन प्रयोगको अनुमति पाइसकेको छ । आपतकालीन प्रयोगको अर्थ उत्पादन, सुरक्षा र प्रभावकारिताका हिसाबले अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको भन्ने रहेको डब्ल्यूए...

‘स्पुतनिक भी’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

रुसी कोरोना भाइरसविरुद्धको खोप ‘स्पुतनिक भी’ले नेपालमा आपतकालीन प्रयोगको लागि अनुमति पाएको छ।

भारतमा उत्पादित कोरोना खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति प्रदान

कोरोनाभाइरसविरुद्ध भारतमा उत्पादित खोप 'कोभिशिल्ड'लाई नेपालमा आपतकालीन प्रयोगका लागि सरकारले सशर्त अनुमति प्रदान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले सेरम इन्स्टिच्युट अफ इण्डियाद्वारा उत्पादित खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो । बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले मिलेर रिसर्च गरी पत्ता लगाएको खोपको उत्पादन सेरम इन्स्टिच्युट अफ इण्डियाले गरिरहेको छ । हेर्नुहोस्, विज्ञप्ति :