चितवन – नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुँदै छ । नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा उद्घाटन सत्र र सौरहामा बन्द सत्र हुँदै छ । मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनको तयारीको क्रम चलेको छ । महाधिवेशनमा देशभरबाट झन्डै पाँच लाख नेता/कार्यकर्ता सहभागी हुने नेकपा एमाले वाग्मती प्रदेशका अध्यक्ष आनन्दप्रसाद पोखरेलले जानकारी दिनुभयो । एमालेमा पछिल्लो पटक नवीकरण भएका पार्टी सदस्यको सङ्ख्या आठ लाख ५५ हजार चार सय ५३ छ । महाधिवेशनमा एक हजार नाै सय ९९ प्रतिनिधि चयन भइसकेका छन् भने त्यसको प...