नेकपा एमाले काठमाडौँ जिल्लाको छैटौँ अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन्। काठमाडौँ महानगरपालिका वडा नं ४ मा रहेको जिल्ला कमिटीको कार्यालयमा नवनिर्वाचित अध्यक्ष दीपक निरौला ,उपाध्यक्ष नवराज पराजुली ,सचिव राजेश शाक्य र उपसचिवहरू तेज प्रसाद ढकाल र बिन्दु महर्जनले पद बहाली गरेका हुन्।कार्यक्रममा छैटौँ जिल्ला अधिवेशनको निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाण पत्र समेत वितरण गरेको थियो। सो अवसरमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा इन्चार्ज कृष्णगोपाल