स्थानीय तहको मतदान सकिएर मतगणना सुरु भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनमाथि बुथ कब्जा गरेको गम्भीर आरोप लगाएको छ । महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै १७ भन्दा बढी ठाउँमा बुथ कब्जा गरेको आरोप लगाएका हुन् ।विज्ञप्तिमा निर्वाचन परिणामलाई सत्ता गठबन्धनको पक्षमा पार्नका लागि दोलखाको बैतेश्वर, तामाकोशी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको सुनकोशी, काभे्रको पाँचखाल, बाराको पचरौता, अछामको साफेबगर, पञ्चदेवल बिनायक, मंगलसेन, बझाङको छबिसपाथिभेरा, सर्लाहीको धनकौल, बलरा, रामनगर,