काठमाडौँ : नेपालमा ड्रोनबाट विभिन्न वनस्पतिको बीउ छर्ने प्रविधि प्रभावकारी देखिएको छ।पातलो हुँदै गएको जंगलमा जडिबुटीजन्य वनस्पतिको विस्तार एवं विकास र पहिरोको रोकथामका लागि ड्रोनबाट बीउ छर्ने विधि प्रभावकारी देखिएको हो।ओखलढुंगा र खोटाङमा गरिएको नमूना परीक्षणले राम्रो नतिजा दिएकाले देशको अन्य भागमा पनि यो विधि अपनाइएको छ। जलवायु परिवर्तनको असर कम गर्न र मासिँदै गएको जंगल पुनः प्राप्त गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले ड्रोनबाट बीउ छर्ने प्रविधिमा विगत ३ वर्षदेखि नेपाल सरकारला