नेपाल प्रहरीका सक्रियतामा देशभरका विभिन्न स्थानबाट आजसम्म करीब १० हजार अक्सिजन सिलिण्डर सङ्कलन गरी अस्पताल र उद्योगमा वितरण गरिएको छ ।
नेपालमा कोभिड –१९ सङ्क्रमितका लागि अक्सिजन अभाव भएपछि प्रहरीले गत वैशाख २६ गतेदेखि अनावश्यक क्षेत्रमा प्रयोग भइरहेका सिलिण्डर खोजी अभियान थालेको थियो । सोही क्रममा आजसम्म १० हजार २६ सिलिण्डर सङ्कलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै २३३ अक्सिजन सिलिण्डर सङ्कलन गरिएको जनाइएको छ ।
तीमध्ये २०४ भरिएक...