भारतमा ब्याजदरमा परिवर्तन भएन, गभर्नर शक्तिकान्त दासले भने : लिकमै छ अर्थतन्त्र, महंगी पनि काबूमै  छ

माघ २७, नयाँदिल्ली ।  मौद्रिक नीति समीक्षापछि भारतीय रिजर्भ बैंक( आरबीआई) का गभर्नर शक्तिकान्त दासले कोरोना महामारीको अवसर भारतीय अर्थतन्त्रमा अव नभएको बताएका छन् ।  केन्द्रीय बैंकले चालू वित्त वर्षमा भारतको कुल आर्थिक वृद्धि दर ९ दशमलव २ रहने अनुमान लगाएको छ । जबकि वित्त वर्ष सन् २०२२/ ०२३ मा कुल आर्थिक वृद्धि दर ७ दशमलव ८ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । भारतीय अर्थव्यवस्थामा तिव्र गति ल्याउन केन्द्रीय बैंकले मौद्रिक नीतिको बैठकमा ब्याजदरमा कुनै परिवर्तन नगर्ने फैसला गरेको छ । आरबीआईका गभर्नर दासले हाल अर्थतन्त्रको  तिब्र विकास नै आरबीआईको प्रमुख प्राथमिकता रहेको बताए । साथै उनले हालको अवस्थामा महंगी चिन्ताको विषय नभएको भन्दै केन्द्रीय बैंकले रिपो रेट र रिभर्स रिपो रेटमा कुनै पनि परिवर्तन नगर्ने बताए । चालू वित्त वर्षका लागि बजेट घोषणापछि बसेको मौद्रिक नीतिको बैठकले रिपो रेट ४ प्रतिशत नै कायम राखी राख्ने निर्णय गरेको छ । हाल भारतमा रिपो रेट ४ प्रतिशत र रिभर्स रिपो रेट ३ दशमलव ३५ प्रतिशत रहेको छ । भारतमा चालू वित्त वर्षमा महंगी वृद्धि दर ५ दशमलव ३ प्रतिशत हुने अनुमान छ । तर केन्द्रीय बैंकले चालू वित्त वर्षको अन्तिम त्रैमासमा भने महंगी वृद्धि दर ४ प्रतिशत हुन सक्ने आकलन गरेको छ । कोरोना महामारीलाई ध्यानमा राख्दै आरबीआईले लगातार १० औं पटक पनि ब्याजदरमा परिवर्तन नगरेको हो । यो भन्दा पहिले आरबीआईले सन् २०२० को मे २२ मा ब्याजदरमा परिवर्तन गरेको थियो । एजेन्सी

सम्बन्धित सामग्री

‘एक्लै हुर्किएका बच्चा असामाजिक हुने डर हुन्छ’

काठमाडौं । बढ्दो महंगी र बदलिंदो जीवनशैलीले गर्दा अहिले परिवारको आकारमा परिवर्तन आएको छ  । पहिले जस्तो तीन-चार जना सन्तान जन्माउने चलन अहिले कमै छ । अहिले श्रीमान्-श्रीमती दुवै कामकाजी हुन्छन् । समय अभावका कारण र बच्चाको लालनपालनमा ध्यान दिन सजिलो होस् भनेर धेरै दम्पतीले अहिले एउटै सन्तानमा चित्त बुझाउन थालेका छन् । यसरी परिवारलाई […]

पत्याउनुहुन्छ ? भेनेजुएलामा एक किलो टमाटरको मूल्य : ५० लाख !

भेनेजुएलामा महंगीले आकाश छोएको छ । भलै भेनेजुएलाको सरकारले महंगी नियन्त्रण गर्न नयाँ योजना अगाडि सारेको छ, तर पनि के ती योजनाले काम गर्लान् भन्ने प्रश्न भने उठिराखेको छ ।  निकोलस माडुराको सरकारले आफ्नो मुद्राको नाम बोलिवारबाट परिवर्तन गरी ‘सोभरेन बोलिवार’ बनाएको छ । यसका साथै भेनेजुएलाको मुद्राको ९...