अवैध धनलाई वैध बनाउन र माफियालाई कर छुट दिन नमानेबापत गभर्नरको विरोध- सांसद पोखरेल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले बजेटमा बिचौलिया पोसेर राजीनामा दिएका र संसदीय छानबिनमा रहेका पूर्वअर्थमन्त्री जनार्दन शर्माको असक्षमता ढाकछोप गर्न सत्तापक्षले (माओवादी) गभर्नरको विषयमा अनावश्यक टिप्पणी गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद पोखरेलले अर्बौं रुपैयाँ अवैध सम्पत्तिलाई वैध बनाउन गठबन्धन सरकारले दिएको निर्देशन नमान्दा र माफियालाई कर […]