ई-पासपोर्टको लागि अनलाइन बुकिङ गरेकाहरुलाई बिहान ७ बजेदेखि सेवा दिँदै विभाग

काठमाण्डौ – विद्युतीय राहदानी (ई-पासपोर्ट)का लागि अनलाइन बुकिङ अर्थात् प्रि-इनरोलमेन्ट गरेकाहरुलाई बिहान सात बजेदेखि सेवा प्रदान गरिने राहदानी विभागले जनाएको छ । पुरानो बुकिङ भएकाहरुलाई बिहान सातबजेदेखि दश बजेभित्र राहदानी विभाग, त्रिपुरेश्वरमा आउन विभागले अनुरोध गरेको छ ।  यसअघि विद्युतीय राहदानीको लागि अनलाइन बुकिङ गरिसकेका तर कोरोनाको कारण बुकिङ रद्द गरिएका सेवाग्राहीहरुलाई लक्षित गरी बिहान सात बजेदेखि १० बजेसम्म सेवा सञ्चालन हुने विभागले जनाएको हो । नयाँ बुकिङ हुने क्रम पनि चलिरहेकाले का...