काठमाडौं : सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती स्वीकार गरे एकता गर्न सकिने बताएका छन्। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा उनले भने, ‘पार्टीभित्र कुनै गुटबन्दी हुँदैन। गुटको कारणले मुलुक नभएर पद र व्यक्तिको लागि लागिपर्ने प्रवृत्तिको अन्त्य हुन्छ। आवश्यक परेर गल्ती महसुस गरे प्रचण्डलाई पनि समावेश गरेर ल्याउन सक्छौँ।’उनले पार्टीविरुद्ध गतिविधि गरे कसैलाई छुट नहुने तर्क गरे। सरकार टिकाउन कुनै अनु