चौथो दिन पनि प्रतिनिधि सभा बैठक शुरू हुनासाथ नारा लगाउँदै एमाले सांसद वेलमा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार चौथो दिन पनि प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेको छ ।  मंगलवार प्रतिनिधि सभाको बैठक शुरू हुनासाथ एमाले सांसदहरू वेलमा गएर नाराबाजी गरेका हुन् । यसअघि बुधवार, शुक्रवार र आइतवार पनि एमालेले प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरेको थियो ।  प्रतिनिधि सभामा जारी अवरोध हटाउन सभामुख अग्नि सापकोटाले सोमवार सर्वदलीय बैठक राखेर सहमतिको प्रयास गरे पनि एमाले अनुपस्थित भएपछि बैठक निष्कर्षहीन बनेको थियो ।  माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्ने एमालेको निर्णय...