राष्ट्रपति पौडेलद्वारा शक्ति पीठको दर्शन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकाका महत्त्वपूर्ण शक्तिपीठहरुको दर्शन गरेका छन् । सोमबार राष्ट्रपति पौडेलले काठमाडौँको नक्साल भगवतीमा पुगेर पूजा आराधना गरेका हुन् । पूजा आराधना र दर्शन गर्नुका साथै उनले टीका र प्रसाद ग्रहण गरे । दसैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्ति पीठको दर्शन गर्ने परम्परा रही आएको छ […]