अमेरिकी सदनद्वारा तिब्बती शरणार्थीबारे नेपाललाई दबाब दिन विदेश मन्त्रालयलाई आग्रह; चिनियाँ प्रभाव रोक्न अर्बौं प्रस्ताव

अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ को विनियोजन समितिले आर्थिक वर्ष २०२७ को विनियोजन विधेयक र त्यससँग सम्बन्धित प्रतिवेदन सार्वजनिक गरेको छ। उक्त प्रतिवेदनमा समितिले तिब्बती शरणार्थीहरूप्रति आफ्नो समर्थन पुनः पुष्टि गर्दै नेपालमा उनीहरूको अधिकारमाथि लगाइएको प्रतिबन्धप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। समितिले नेपाल र भारतमा रहेका तिब्बती शरणार्थीहरूलाई मानवीय सहायता प्रदान गर्न विगतका वर्षहरू […]