काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुधारका ठूला निर्णय सार्वजनिक गरेको छ। शुक्रबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले संघीय संरचना सानो बनाउने, प्रक्रिया सरल बनाउने र दलीय ट्रेड युनियन खारेज गर्ने निर्णय गरेको हो। शनिबार सार्वजनिक पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय अनुसार संघीय मन्त्रिपरिषद्को संख्या २५ बाट १७ मा झारिने भएको छ […]