एनपीएललाई नेपालको पहिचान बढाउने बलियो आधारको रूपमा लिएको छु : मन्त्री पोखरेल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले नेपाली क्रिकेटको विकाससँगै देशलाई ‘खेल पर्यटन’ को नयाँ गन्तव्यका रूपमा चिनाउने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताएका छन्।