काठमाडौँ । रौतहटको ईशनाथ नगरपालिकास्थित औरैया प्रसूति केन्द्र जलवायुजन्य विपद्का समयमा पनि मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न सकिने नमूना स्वास्थ्य संस्थाका रूपमा स्थापित भएको छ । जापान सरकारको आर्थिक सहयोगमा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)द्वारा सञ्चालित परियोजनाअन्तर्गत केन्द्रमा विद्युत् ब्याकअप, पानी शुद्धीकरण, भेन्टिलेसन तथा चिकित्सकीय फोहोरमैला व्यवस्थापनलगायत पूर्वाधार सुधार गरिएको छ […]