झापा । झापाको भद्रपुरमा अवैध कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–५ घर भई हाल भद्रपुर नगरपालिका–६ मा साजन होटल सञ्चालन गर्दै आएका ४४ वर्षीय मनकुमार लिम्बु रहेका छन्। आइतबार अपराह्न वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा लिम्बुको कोठामा खानतलासी गर्दा सुत्ने बेडमुनि लुकाइराखेको अवस्थामा एक थान […]