राजनीतिक र व्यावसायिक गतिविधिका कारण अमेरिकी बैंकहरूले ग्राहकका खाता बन्द गरेको खुलासा

अमेरिकाका शीर्ष बैंकहरूले आफ्ना ग्राहकहरूको राजनीतिक तथा धार्मिक विचार र व्यावसायिक गतिविधिका आधारमा बैंक खाता बन्द गर्ने गरेको अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको मुद्रा नियन्त्रकको कार्यालयले जनाएको छ। बुधबार सार्वजनिक गरिएको ओसीसीको प्रतिवेदनले बैंकहरूले अपनाएको सो अभ्यासको समीक्षा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले कन्जरभेटिभ्स विरुद्ध वित्तीय संस्थाहरूले विभेद गरिरहेको आरोप लगाउँदै आएका थिए। यस्तै, क्रिप्टोकरेन्सी लगानीकर्ताहरूले पनि […]