जेन जेड विद्रोहको एक वर्ष : प्रशासनले के पायो, के गुमायो ?

काठमाडौँ । भदौ २३ र २४ को जेन जेड विद्रोह भएको एक वर्ष पुगेको छ। एक वर्षअघि सडकमा देखिएको असन्तोषले सरकार मात्रै बदलेन, राज्य सञ्चालनको शैलीमाथि पनि गम्भीर प्रश्न उठायो। त्यसको एउटा महत्त्वपूर्ण हिस्सा सार्वजनिक प्रशासन अर्थात् कर्मचारीतन्त्र थियो। आन्दोलनको सुरुवात सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधबाट भएको थियो। तर सडकमा देखिएको असन्तोष त्यसैमा सीमित रहेन। […]