काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन इतर समूहले आगामी राष्ट्रिय भेलाको तयारीलाई तीव्र बनाउँदै देशभरका १६५ निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि परिचालन गर्ने आन्तरिक तयारी अघि बढाएको छ। समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार १६ साउनभित्र प्रतिनिधि खटाउने तयारी भइरहेको छ। राष्ट्रिय भेलाको तयारी, संगठनात्मक समन्वय र स्थानीय तहसम्म सम्पर्क विस्तारका लागि प्रतिनिधिहरू परिचालन गर्न लागिएको […]