काठमाडौँ । दक्षिण-पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण विस्थापित हुनेको संख्या दुई लाख ५० हजार नाघेको छ। पछिल्लो चरणमा मात्रै करिब ५५ हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको स्थानीय प्रशासनले जनाएको छ। अधिकारीहरूका अनुसार आगो वाइन उत्पादनका लागि परिचित बोर्दो सहरतर्फ फैलिने क्रममा रहेको छ। गिरोन्ड क्षेत्रीय प्रशासनले बोर्दोको दक्षिण-पश्चिममा रहेका थप पाँच बस्तीका बासिन्दालाई […]