काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायाले २०८० साल कात्तिकमा गएको भूकम्पका कारण प्रभावित जाजरकोट र रुकुमपश्चिमको ग्रामीण बस्तीहरूमा हालसम्म सुरक्षित आवास निर्माण हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराए । उनले तत्काल आवास निर्माण प्रक्रियालाई गति दिन माग गरे । यस्तै, सांसद […]