नेपालमा ३ लाख ८५ हजार ३ सय ७० स्वास्थ्यकर्मी दर्ता : आर्थिक सर्वेक्षण

आर्थिक सर्वेक्षण २०८२/८३ को तथ्यांक अनुसार २०८२ फागुनसम्म नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल आयुर्वेद मेडिकल परिषद्, नेपाल फार्मेसी परिषद् लगायतका निकायमा दर्ता भएका स्वास्थ्यकर्मीको सङ्ख्या ३ लाख ८५ हजार ३ सय ७० पुगेको छ। २०८१ फागुनसम्म यस्तो सङ्ख्या ३ लाख ६६ हजार ५ सय ५ रहेको थियो।