काठमाडौँ। सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई थुनामा नराख्न मंगलबार आदेश जारी गरेको छ। न्यायाधीशहरू मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई थुनामा नराख्न बन्दी प्रत्यक्षीकरणको रिट जारी गरेको हो। ४ फागुन २०८२ मा निर्वाचन आयोगले अनुसन्धान गरी थुनामा राख्न भन्दै प्रहरीलाई पत्र पठाएपछि हिरासतमा लिइएको थियो। प्रसाईंलाई जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर हिरासतमा राखिएको थियो। […]