काठमाडौँ– निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरेर चलचित्र ‘पहाड’ निर्माण गरिएको बताएका छन् । आगामी वैशाख १ गते प्रदर्शन मिति तय गरिएको चलचित्रको आइतबार श्रव्यदृश्य (टिजर) सार्वजनिक गर्दै निर्देशक घिमिरेले यसको कथाले पहाड मात्र नभई समग्र देशकै अवस्थालाई दर्शाउने बताए । […]